News & Gossip »News & Gossip
Share |
मोबाइल गफ सुनिलबाबुलाई लाग्यो चुनाव
9 April 2008-Wednesday
-

सम्पर्ूण्ा नेपालीहरुलाई चैत २८मा हुन गइरहेको संविधानसभाको निर्वाचन लागेको बेला सुनिलबाबु पन्त मात्रै किन अछुत रहन्थे र - उनलाई पनि चुनाव लागेको छ । उनलाई यसै चुनाव लागेको भने पक्कै होइन । आफै उम्मेदबार भएकाले पनि उनलाई चुनाव दह्रो लागेको छ । समलिङ्गीहरुको हक र अधिकारका लागि निरन्तर लडिरहेका सुनिलबाबु पन्तलाई विश्वास छ कि आफ्नो क्षेत्रको प्रतिनिधित्व गरी उनी निर्वाचनमा मनोनित भएर आवाज उठाउने छन् । नेपाल कम्युनिस्ट पार्टर्ीीसंयुक्त)बाट उनी समानुपातिक उम्मेदबार भएका हुन् । नेपालमा रहेका समलिङ्गीहरुको साझा चौतारी बनेको नीलहिरा समाज अर्थात द्यगिभ म्ष्amयलम क्यअष्तथ का संस्थापक अध्यक्ष भएका कारणबाट पनि उनी सञ्चार माध्यमहरुमा छाइरहेका हुन्छन् । उनकै पहलबाट यसअघि समाजमा लुकेर रहेका समलिङ्गीहरु खुलेर आफ्नो अधिकारका लागि संर्घष्ा गर्नसक्ने भएका छन् । हालसालै कामबिशेषले बंगलादेश जान एयरपोर्ट जा“दै गरेका सुनिलबाबु पन्तलाई हामीले मोबाइलमा भेट्टायौं र सोध्यौं ः

चुनावको मुखमा बंगलादेश जान लाग्नु भएछ -
-धेरैदिनलाई होइन, केही दिनमा फर्किहाल्छु ।

राजनीतिमा आउन खोज्नुभएछ । किन हो -
-राजनीतिमा युवा पुस्ताको नेतृत्व होस् भन्ने लागेर ।

समानुपातिकबाट मनोनित हुनुहुन्छ जस्तो लाग्छ -
-जित्ने वा हार्ने भन्दापनि हाम्रो प्रतिनिधित्व होस् भन्ने छ ।

तपाइ“ उम्मेदबार भएको दलका बारेमा के थाहा छ -
-यो सात दल मध्येको सानो दल हो । राजनीतिमा त्यति नभिजेकोले त्यो भन्दा थाहा छैन । 

स्वतन्त्र उम्मेदबार भएर प्रत्यक्ष निर्वाचनमा पनि जानसक्नुहुन्थ्यो -
-सकिन्थ्यो । साथीहरुसंग यो दलमा गए“ । भष्ट्राचारमा नमुछिएको दल भएकोले यसको पृष्ठभुमि मनपर्यो । 

तपाइ“को मुल एजेण्डा के छ -
र्-र्सवप्रथम त सक्रिय रुपमा देशलाई सुहाउने नया“ संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभाको निर्वाचनमा सबैलाई सहभागी हुनु आग्रह गर्दछु । हामी जस्ता पछाडी परेकाहरुको पोल्टा बलियो बनाउनु पनि मेरो उद्धेश्य हो । 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest events More Events  

Comic Con Nepal 2019

Merorug Showroom Opening!

CG Lux Kamana Film Awards 2075

CG Lux Kamana Film Awards 2075 - Red Carpet
 
 
 
 
 
© Copyright 1997 to 2018 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team

Photos & all other content of this site cannot be copied/reused without permission.