News & Gossip »News & Gossip
Share |
सारेगामा रेकर्ड्समा विवाद
12 April 2008-Saturday
-Achyut Koirala

यो भारतीय एल्बम रिलिज गर्ने कम्पनीको कुरा होइन । नेपालकै दुइ प्रख्यात रिमिक्स एल्बमहरु "एट्रयाक्सन" र "बुम" निकाल्ने नेपाली रेकर्ड कम्पनीको कुरा हो । यो कम्पनी आजभन्दा चार वर्षअघि गीतकार जनकदीप र गायक पुष्कर जङ्गमले स्थापना गरेका थिए ।

यस कम्पनीले चार वर्षको अवधिमा कम एल्बम निकाले पनि बजारमा राम्रै प्रभाव जमाएको थियो । तर बीचमा सञ्चालक विवादका कारण गायक पुष्कर जङ्गमले बिदा लिएका थिए । यसपछि नयाँ पार्टनर थपिएका थिए किरण पुडासाइँ ।

नयाँ पार्टनर थपिएपछि समस्या समाधान होला भनेको त समस्या झनै थपिएपछि गीतकार जनकदीप आफैँले स्थापना गरेको म्युजिक कम्पनीबाट बिदा लिएका छन् ।

अहिले किरण आफैँले कम्पनी चलाउने भनी कस्सिएका छन् ।

अहिलेसम्म कम्पनी १० लाखभन्दा घाटामा रहेको बताइएको छ । तर यता संस्थापकमध्ये एक जनकदीप चाहिँ पार्टनरहरुबीच कुनै पनि किसिमको मनोमालिन्य नभएको जानकारी साइबरसंसारडटकमलाई दिएका छन् । उनले भने- "म अरु नै काममा व्यस्त भएका कारण कम्पनीलाई दिनुपर्ने समय दिन सकिनँ । त्यही भएर साथीलाई सबैथोकको जिम्मामा छोडेको हुँ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest events More Events  

Comic Con Nepal 2019

Merorug Showroom Opening!

CG Lux Kamana Film Awards 2075

CG Lux Kamana Film Awards 2075 - Red Carpet
 
 
 
 
 
© Copyright 1997 to 2018 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team

Photos & all other content of this site cannot be copied/reused without permission.