News & Gossip »News & Gossip
Share |
बद्रीले समय चिने
15 April 2008-Tuesday
-Achyut Koirala

यी सुध्रिएका बद्री अर्थात् बद्री पंगेनीले हालै नयाँ गीति एल्बम बजारमा ल्याएका छन् । "समयको स्वर" नाममा एक साताअघि बजारमा आएको यस एल्बमलाई उनले प्रगतिशील गीत भनेर दाबी गरेका छन् ।

त्यसो त उनको यो दाबी सही साबित भएको छ । मुस्ताङको स्याउ कुहिएको चिन्तादेखि शहीदको लासमाथि फूल राखेर बोक्रे श्रद्धाञ्जली अर्पण गर्नेहरु सबैलाई उनले व्यङ्ग गरेका छन् । नेपालमा गणतन्त्र आउने भविष्य वाणी र शान्ति आउने कल्पना सबै यो एल्बममा अटाएका छन् । लोक-आधुनिक शैलीको यो गीतलाई श्रोताहरुले कुन रुपमा लिने हुन् भनेर उनी चिन्तित छैनन् किनभने उनलाई यस्ता गीत मन पराउने दाजुभाइदिदीबहिनीको कमी देखेका छैनन् । उनलाई यो एल्बममा अञ्जना गुरुङले नारी स्वरका लागि साथ दिएकी छिन् ।

अहिले भोट हाल्न गाउँ पुगिसकेका यी गायकको यसअघि "जनताको शासन" एल्बम निस्किसकेको छ । त्यही एल्बमको सफलताबाट मख्ख भएर जनताले सुन्न चाहेको एल्बम यही हो भन्दै "समयको स्वर" बजारमा ल्याएका हुन् । संविधानसभा निर्वाचनको संघारमै यो एल्बम निकालेका बद्रीले समयलाई चिनेका हुन् कि होइनन्, त्यो चाहिँ यसको व्यापार हेरेर नै थाहा हुन्छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest events More Events  

Gem & Jewellery Fashion Runway 2020

Kamana Awards 2076 - Red Carpet

Comic Con Nepal 2019

Merorug Showroom Opening!
 
 
 
 
 
© Copyright 1997 to 2018 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team

Photos & all other content of this site cannot be copied/reused without permission.